गायक हेमन्त कान्छा रसाइलीको 'आमा तिम्रो तस्विर दैलैमा' बोलको मर्मस्पर्शी गीतको चर्चा — OSNepal

गायक हेमन्त कान्छा रसाइलीको ‘आमा तिम्रो तस्विर दैलैमा’ बोलको मर्मस्पर्शी गीतको चर्चा

LC (KTM) October 13, 2023 0

काठमाडौं । चर्चित गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको आमा तिम्रो तस्विर दैलैमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत खिमा नन्द खरेलको रहेको छ । गायक हेमन्त कान्छाकै एरेन्ज रहेको गीतमा मिक्सिगं र मास्टरिगं श्याम श्वेत रसाइलीको रहेको छ । भिडियोमा गायक हेमन्त कान्छा , रमा थपलिया र बाल कलाकार इभान चैसीयारको मर्म श्पर्शी अभिनय देख्न सकिन्छ ।

भिडियोमा आमाको निधन भएपछि एक्लिएको छोराले हरेक दुख सुखमा सम्झनाका तरेलीमा डुब्दै आमासँग बिताएका ति क्षणहरुलाइ भावनात्मक तरिकाले देखाइएको छ । आमाको हल्पायुमानै निधन भएपछि छोराले गरेका प्रगतिलाई आमाले देख्न नपाएको कुरालाई मार्मिक तरिकाले उठाइएको छ । जसको निर्देशन हेमन्त कान्छाले गरेका हुन् । भिडियोको सम्पादन पदम सुबेदीले गरेका हुन् भने छायांकन किरण चौसीयारले गरेका हुन् ।

सार्वजनिक गीतका सर्जकका ६ वटा कृती यसअघि नै बजारमा आइसकेका छन् । बजारमा आइसकेका सृजनाहरु यर्थाथपरक र बास्तविकतामा आधारित छन् । हेर्नुहोस् सार्वजनिक गीत Revansh Music बाट बजारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर