सिनेमाघर एपमा रिलिज भयो चलचित्र ‘जारी’, विश्वभरबाट हेर्न सकिने — OSNepal

सिनेमाघर एपमा रिलिज भयो चलचित्र ‘जारी’, विश्वभरबाट हेर्न सकिने

LC (KTM) October 15, 2023 0

काठमाडौँ। नेपालको पहिलो ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा सुपरहिट चलचित्र ‘जारी’ रिलिज भएको छ । बडादसैँको अवसर पारी आज घटस्थापनाको दिन यो चलचित्र विश्वव्यापी ओटीटी रिलिज गरिएको हो ।

सिनेमाघर एपमा ‘जारी’को सर्वाधिक डिमान्ड आएको थियो । सोही डिमान्डलाई मध्यनजर गर्दै यो चलचित्र रिलिज गरिएको सिनेमाघरका सिईओ सागर खरेलले बताए ।

यस वर्षको सर्वाधिक हिट चलचित्र ‘जारी’ले हलमा १७ करोडमाथिको कलेक्सन गरेको थियो । उपेन्द्र सुब्बाले निर्देशन गरेको यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ लगायतको अभिनय छ ।

यसअघि यो सिनेमाघर एपमा ‘जय भोले’, ‘कबड्डी ४’, ‘महापुरुष जस्ता बहुचर्चित चलचित्रहरू रिलिज भई सफल भइसकेका छन् । गत भदौमा रिलिज भएको ‘महापुरुष’ले सिनेमाघरमा सफल व्यापार गरिरहेको छ ।

सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेका छन् । एपमा उपलब्ध चलचित्रहरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ ।

‘जारी’ हेर्न रु. २०० रकम तिर्नुपर्ने हुन्छ । यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत चलचित्रहरू हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर