पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु — OSNepal

पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

LC (KTM) October 27, 2023 0

पथरी, १० कात्तिकः नेपालमै पहिलो पटक स्थानीय स्तरबाट फ्रेन्चाइज पद्धतिद्वारा क्रिकेट प्रतियोगिता सुरु गरेको पथरी शनिश्चरे प्रिमियर लिगले आजदेखि चौथो संस्करणको क्रिकेट प्रतियोगिता सुरु गर्ने भएको छ ।

मैदान अभावका बावजुत चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट पथरी रङ्गशालामा हुने भएको छ । उद्घाटन खेल तेस्रो संस्करणको विजेता सात बाघ र पहिलो संस्करणको विजेता रोयल किङ्गबीच हुनेछ ।

पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट समितिले आयोजना गरेको प्रतियोगितामा नगरभित्रका सात फ्रेन्चाइज क्लबबीच प्रतिस्पर्धा गर्दैछन् । सात क्लबहरुले क्रिकेट प्रतियोगिताका लागि अक्सनमार्फत एक सय तीनजना खेलाडी अनुबन्ध गरेको हो । सात क्लबले कम्तीमा १४ खेलाडीलाई अक्सनअघि नै अनुबन्धन गरिसकेको थियो । दुई सय ३१ जना क्रिकेट खेलाडीले यो सिजनको लिग खेल्नका लागि अक्सनमा सहभागिता जनाएका थिए ।

यस पटकदेखि पथरीशनिश्चरे नगरबाहिरको चारजना खेलाडीले समेत सहभागिता हुन पाएका छन् । एक क्लबले चार खेलाडी अनुबन्धन गर्ने छन्भने दुई खेलाडीलाई ‘प्लेइङ एलाभेन’मा समेट्न सक्ने छन् । प्रतियोगितामा आइतबारे अस्त्र, बुद्ध युनाइटेड, क्लासिक—११, सात बाघ, वीरेन्द्रनगर (बिएसटी), रोयल किङ्स र गोरखा लिजेन्ड गरी सातवटा टोली यो सिजनमा भिड्दैछन् ।

प्रतियोगिता यही कात्तिक २५ गतेसम्म सन्चालन हुनेछ । प्रतियोगिताको विजेताले रु एक लाख ३१ हजार र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु ७१ हजार एक सय ११ प्राप्त गर्नेछ । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले प्रतियोगिताको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर