बाढी र डुबानका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो, सुरूङ मार्गमा फसेका कैयौँ गाडीहरू निकाल्ने क्रम जारी — OSNepal

बाढी र डुबानका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो, सुरूङ मार्गमा फसेका कैयौँ गाडीहरू निकाल्ने क्रम जारी

LC (KTM) July 24, 2021 0

झेङझाउ-चीनको मध्य क्षेत्रमा व्यापक बर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबार ५६ पुगेको स्थानीय अधिकारीले बताएका छन् । बाढी पहिरोमा परी अझै सात व्यक्ति हराइरहेको बताइएको छ ।

प्रान्तीय आकस्मिक सेवा व्यवस्थापन विभागका अनुसार झेङझाउ नजिकैको जिङ्गङ सुरूङ मार्गमा मङ्गलबारदेखि पानी पस्दा फसेका कैयौँ गाडीहरू अझै उद्धार गरी निकाल्ने क्रम जारी रहेको र मृतक सङ्ख्या अझै बढ्नसक्ने देखिएको छ ।

भूमिगत सडकमा अझै धेरै पानी जमिरहेको र त्यहा थप मृतक फेला पर्नसक्ने सम्भावना रहेको विभागले जनाएको छ । आकस्मिक सेवा जारी रहेको र कतिपय व्यक्तिलाई स्थानीयसमेतको सहयोगमा उद्धार भएको र उपचारका लागि अस्पताल पठाइएकाले प्रभावितको एकीन सङ्ख्या भने अझै आउन नसुकेको विभागले जनाएको छ । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर