नेपाल ओमानविरुद्ध फिल्डिङ गर्दै — OSNepal

नेपाल ओमानविरुद्ध फिल्डिङ गर्दै

LC (KTM) November 02, 2023 0

काठमाडौँ, १६ कात्तिक ः नेपालले आइसिसी टि २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत ओमानविरुद्धको खेलमा टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यससँगै अब ओमानले पहिला ब्याटिङ गर्ने भएको छ ।

यसअघि भएको खेलमा दुवै टोली अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । प्रतियोगितामा दुवै टोली एक खेलअगावै समूह ए बाट सेमिफाइनलमा पुगिसकेका छन् । आजको खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

नेपालले आजको खेलमा कुनै पनि खेलाडीलाई परिवर्तन गरेको छैन । नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर