दुई महिनापछिबाट फिल्म ‘कृष–४’को तयारीमा ऋतिक रोशन — OSNepal

दुई महिनापछिबाट फिल्म ‘कृष–४’को तयारीमा ऋतिक रोशन

LC (KTM) November 03, 2023 0

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन यतिबेला आफ्नो फिल्म ‘कृष–४’को तयारीमा छन् । यो फिल्मको दुई महिनापछिबाट छायांकन सुरु गर्ने ऋतिक रोशनले बताएका छन् ।ऋतिक रोशनले भनेका छन्, ‘हिट सुपरहिरो फ्रेन्चाइज ‘कृष’को चौथो भागको स्क्रिप्ट फाइनल गरेका छौं र फिल्मको छायांकन आउँदो वर्षको जनवरीको पहिलो साताबाट सुरु हुनेछ ।’ राजधानि दैनिकमा खबर छ ।

यो फिल्मका लागि आफ्नो चरित्रलाई सार्थक पार्न उनी फिटनेस ट्रान्सफर्मेसनमा छन् । यो फिल्मको नायिकामा उनले प्रियंका चोपडालाई चयन गरेका छन् । फिल्म कोई मिलगयाबाट क्रिसको यात्रा सुरु भएको हो । क्रिसलाई साह्रै सुचाइएपछि यसको नाम दोस्रो शृंखलाबाट क्रिस राखिएको थियो । दोस्रो र तेस्रो शृंखला पनि हिट भएपछि उनी अहिले कृष–४ को निर्माणमा उत्रिएका हुन् ।
यो पनि : दश क्विन्टल चिनी बरामद:काभ्रेपलाञ्चोक, १७ कात्तिक स् काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका क्रममा ३३ बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार विपी राजमार्ग भएर अवैधरूपमा चिनी भित्रने गरेको छ । प्रहरीले उक्त राजमार्गमा अहिले नियमितरुपमा यातायातका साधन जाँच गरिरहेको उहाँले बताउनुभयो ।

प्रहरीले यसअघि यही कात्तिक पहिलो साता सोही राजमार्गबाट राजस्व छली गरेर ल्याएको ९२ बोरा चिनी ट्रकबाट बरामद गरेको थियो । ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी र २८ बोरा धान बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर