गायक रमण रेग्मीले अष्ट्रेलियाबाट रिलिज गरे घर त लगन खेलको भिडियो — OSNepal

गायक रमण रेग्मीले अष्ट्रेलियाबाट रिलिज गरे घर त लगन खेलको भिडियो

LC (KTM) November 03, 2023 0

काठमाडौँ । लामो समयदेखि अष्ट्रेलियामा रहेर पनि नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक रमण रेग्मीको घर त लगन खेलको रिमेक भर्सन सार्वजनिक भएको छ । मधु क्षेत्री र सुन्दर श्रेष्ठको स्वरमा यसअघि रेकर्ड भएको गीतलाई गायक रेग्मीले राम्रो गीत भएका कारण नयाँ पुस्तालाई पनि लक्षीत गर्दै गीतको मर्मलाई जीवन्त बनाउन रिमेक गरिएको बताए ।

हालै गायक रमनको स्वरमा सार्वजनिक गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ । शान्त भगत राउतका शब्द रहेको गीतमा मिक्सिगं तथा मास्टरिगं कुमार केसीले गरेका हुन् । भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय देख्न सकिन्छ ।

जसको निर्देशन अनुभवी निर्देशक सुब्रतराज आचार्यले गरेका हुन् । लोक शैलीमा आधारित छमछम नचाउने खालको गीतमा आश्मा र सरोज गज्जबसँग खुलेका छन् । प्रेमी प्रेमीकाबिचको रोमान्टिक दृश्यहरुलाई निर्देशक आचार्यले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विजेश पौडेलले गरेका हुन् ।

जसको कोरियोग्राफी सन्तोषराजवाहक गरेका हुन् । भिडियोको निर्माता सबिना कुँवर रेग्मी हुन् । जसको प्रायोजन नेपाली स्वामित्वमा स्थापित अष्ट्रेलियन सिटी इन्टरनेशनल कलेज र होम केयरिगं लिभरपुलले गरेका छन् । भिडियो गायक स्वयमकै अफिसियल च्यानल रमन रेग्मी अफिसियल युट्युब च्यानबाट रिलिज गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर