४७ वर्षको उमेरमा दाम्पत्य जीवनमा बाँधिए रणदीप हुड्डा — OSNepal

४७ वर्षको उमेरमा दाम्पत्य जीवनमा बाँधिए रणदीप हुड्डा

LC (KTM) November 07, 2023 0

मुम्बई । बलिउड अभिनेता रणदीप हुड्डा ४७ वर्षको उमेरमा बल्ल दाम्पत्य जीवनमा बाँधिने भएका छन् । लामो समयको प्रेम सम्बन्धपछि आफ्नी प्रेमिका तथा अभिनेत्री लिन लैशरामसँग उनी विवाह बन्धनमा बाँधिन लागेका हुन् । तर, आफूहरूको विवाह निकै सामान्य रूपमा हुने भएको छ ।

उनीहरूको विवाह नोभेम्बरको अन्त्यसम्ममा हुने भएको छ । जसमा दुवैको परिवार र धेरै नजिकका साथी मात्र सामेल हुनेछन् । यो विवाह मुम्बईभन्दा बाहिर हुने पनि उनले बताएका छन् । राजधद्दानि दैनिकमा खबर छ । अभिनेता रणदीप निजी जीवनलाई बाहिर चर्चामा ल्याउन चाहँदैनन् । सोही कारण उनी आफ्नो विवाहको भिडियो मिडियाबाट प्रसारण गर्ने पक्षमा छैनन् ।

उनका अनुसार यी दुईको विवाह हुनेबित्तिकै सामाजिक सञ्जालमा घोषणा हुनेछ । विशेष कुरा के छ भने रणदीप र लिन लामो समयदेखि लिभिङ रिलेसनसिपमा छन् । तथापि, दुवैले आफ्नो सम्बन्ध’दयगत कहिल्यै आधिकारिक रूपमा बाहिर बताएनन् ।

लिन एक लोकप्रिय मोडल तथा अभिनेत्री हुन् । उनी मणिपुरकी हुन् । लिनले ‘मेरी कोम’, ‘रंगुन’ र ‘उम्रिका’जस्ता फिल्ममा काम गरिसकेकी छन् । हालै उनी करिना कपुरको फिल्म ‘जाने जान’मा पनि देखिएकी थिइन् । उनी पहिलोपटक शाहरुख खान स्टारर फिल्म ‘ओम शान्ति ओम’मा क्यामियोमा देखिएकी थिइन् । फिल्महरूमा आउनुअघि उनले मिस नर्थ इस्ट सौन्दर्य प्रतियोगितामा फस्र्ट रनर अप भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर