सिमेन्टको खम्बाले किचेर आठ वर्षीय बालकको मृ त्यु, घटनाको अनुसन्धान हुँदै — OSNepal

सिमेन्टको खम्बाले किचेर आठ वर्षीय बालकको मृ त्यु, घटनाको अनुसन्धान हुँदै

LC (KTM) July 24, 2021 0

इलाम, ९ साउन- खेल्ने क्रममा सिमेन्टको खम्बा लडेर किच्दा इलाम नगरपालिका–१ नेपालटारमा आठ वर्षीय एक बालकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा बालक ग्रेसदीप रिजाल रहेको प्रहरीले जनाएको छ ।हर्कबहादुर गुरुङको घरको भित्तामा ठड्याएर राखेको खम्बा लडेर किच्दा गम्भीर घाइते भएका बालकको उपचारका क्रममा इलाम अस्पतालमा मृ त्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘निरन्तर समाज सेवा’ पुस्तक लोकार्पण-ताराबहादुर कुँवरको ‘निरन्तर समाज सेवा’ र ‘हजुरलाई नमस्ते’ पुस्तकको अडियो बुक लोकार्पण गरिएको छ । पूर्वशिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले उक्त पुस्तकको लोकार्पण गर्दै कुँवरको निरन्तरको समाजसेवाले पीडादायी जीवन भोगिरहेकालाई राहत मिलेको बताउनुभयो । उहाँले गुरु पूर्णिमाका दिन पारेर पुस्तक विमोचन गर्नु उचित भएको भन्दै कुँवर समाजसेवाको गुरु भएको बताउनुभयो । मुलुकको विकास र समृद्धिका लागि कुँवरजस्ता दिल सफा भएका मानिसको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिमिल्सिनाले समाज सेवामा कुँवरले पु¥याउनुभएको योगदान उदाहरणीय रहेको उल्लेख गर्नुभयो । पूर्वसेनापति रुक्माङ्गत कटवालले कुवँरको यसअघि प्रकाशित पुस्तक ‘हजुरलाई नमस्ते’ बाट कुँवरको सङ्घर्ष, भोगाइ र सफलताकाबारेमा जानकारी लिन सकिने बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले कुँवरले कोरोना महामारीमा राहत वितरण, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, रक्तदान, चक्रपथ सरसफाइ अभियानको नेतृत्व, वागमती सफाइ अभियानमा सरिकलगायतका थुप्रै समाजिक काम गरेको बताउनुभयो । सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक नारायणबाबु थापाले भूकम्पका बेला उद्धारका लागि डोजर स्काभेटरलगायतका हेभी इक्यिुपमेन्ट उपलब्ध गराए कुँवरले राज्यलाई निकै ठूलो गुन लगाएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा ‘हजुरलाई नमस्ते परोपकारी अभियान’सँग जोडिएका झण्डै दुई दर्जन व्यक्तिलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर