महिला ट्वान्टी–२० : नेपालले उद्घाटन खेल तान्जानियासँग खेल्ने — OSNepal

महिला ट्वान्टी–२० : नेपालले उद्घाटन खेल तान्जानियासँग खेल्ने

LC (KTM) November 09, 2023 0

काठमाडौं । हङकङमा आयोजना हुने चार देश सम्मिलत महिला ट्वान्टी–२० प्रतियोगिताअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ ।

यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले तान्जानियासँग कात्तिक २९ गते खेल्नेछ । प्रतियोगितामा हङकङसहित नेपाल, तान्जानिया र जापानले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले आफ्नो दोस्रो खेल कात्तिक ३० गते हङकङसँग खेल्नेछ । तेस्रो खेल मंसिर २ गते जापानसँग खेल्नेछ । तेस्रो स्थान र फाइनल खेल मंसिर ३ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर