६० प्रतिशत भूकम्पपीडितलाई राहत वितरण — OSNepal

६० प्रतिशत भूकम्पपीडितलाई राहत वितरण

LC (KTM) November 11, 2023 0

कर्णाली – कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले भूकम्पपीडितलाई एक सातामा ६० प्रतिशत राहत वितरण गरिएको बताउनुभएको छ ।

भूकम्पमा परेकाको उद्धारसँगै जाजरकोट र रुकुमपश्चिमका ६० प्रतिशत भूकम्पपीडितलाई हवाई तथा स्थलगत दुवै मार्ग प्रयोग गरेर राहत वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार शनिवारसम्म सबै पीडितले राहत प्राप्त गर्नेछन् ।

“भग्नावशेषमा परिणत भएका घरका पीडितलाई त अनिवार्य राहत वितरण गर्नु नै पर्नेभयो,” मन्त्री जिसीले भन्नुभयो, “कच्ची घर भएका तर भूकम्पको त्रासले बाहिर बसेकालाई पनि त्रिपाल, लत्ताकपडा, भाडावर्तनलगायत बन्दोबस्तीका सामग्री सहयोग गर्नुपर्ने भएकाले राहतको परिमाण बढाउनुपर्ने भएको छ ।”

त्यसका साथै भूकम्प प्रभावित स्थानीय तहमार्फत राहतका काम गर्नेगरी प्रदेश सरकारद्वारा रु दुई करोड ४५ लाख वित्तिय हस्तान्तरण गरिएको बताउँदै मन्त्री जिसीले विपद् व्यवस्थापन कोषमा कोशी प्रदेशबाट रु एक करोड र एनसेलबाट रु ५० लाख जम्मा भएको जनाकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर