मैतिदेवी मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न — OSNepal

मैतिदेवी मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न

LC (KTM) July 24, 2021 0

काठमाडौँ, साउन ९ गते । लायन्स क्लब अफ काठमाडौँ इन्द्रावतीले गुरु पूर्णिमाको अवसरमा मैतीदेवी मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।मैतीदेवी मन्दिर क्षेत्र व्यवस्थापन समितिसँगको सहकार्यमा मन्दिर परिसर र मन्दिरको सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

लायन्स क्लब अफ काठमाडौँ इन्द्रावतीका प्रेसिडेन्ट मदनकृष्ण सिलवालको सभापतित्वमा प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत रामप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा अतिथिहरु मैतीदेवी मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौँ इन्द्रावतीको चार्टर प्रेसिडेन्ट प्रल्हाद बस्नेत, सेक्रेटरी सुन्दर थापा, टे«र्जरर बसन्त कार्कीलगायतको उपस्थिति रहेको थियो ।

लायन्स क्लब अफ काठमाडौँ इन्द्रवतीको सेकेण्ड भाइस प्रेसिडेन्ड विशाल पौडेलको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा २५ जनाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर