ब्राजिलमा एकैदिनमा थपिए १ लाख बढी कोरोना संक्रमित, लकडाउन खुकुलो भएपछी कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो — OSNepal

ब्राजिलमा एकैदिनमा थपिए १ लाख बढी कोरोना संक्रमित, लकडाउन खुकुलो भएपछी कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो

LC (KTM) July 25, 2021 0

एजेन्सी । ब्राजिलमा एकैदिन १ लाख बढी कोरोना संक्रमित थपिएका छन् । संक्रमितको संख्या दिनानुदिन उकालो लागिरहेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।ब्राजिलमा बिगत केही महिना अघि मृत्युदर घटेपनि संक्रमितको संख्या दिनानुदिन उकालो हो ।

ब्राजिलको साओपालो शहरका ६० प्रतिशत बासिन्दा संक्रमित भएको त्यहाँको स्वास्थ्यमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिगत २४ घण्टामा २ हजार बढीको मृत्यु भएको छ । ब्राजिलमा केही महिनादेखि जारी लकडाउन खुकुलो भएपछी कोरोना संक्रमितको संख्यामा बृद्धी आएको हो ।

ब्राजिल धेरै कोरोना संक्रमण हुने देशको सूचीमा तेश्रोे स्थानमा रहेको छ । । ब्राजिलमा खोप अभियान पनि प्रभावकारी नभएका कारण संक्रमितको संख्या बढिरहेको बताइएको छ । ब्राजिलमा कोरोनाका कारणअहिले ५ लाख ४९ हजार ५ सय बढीको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर