मलेसियामा धूमपान विरोधी विधेयक पारित — OSNepal

मलेसियामा धूमपान विरोधी विधेयक पारित

LC (KTM) December 01, 2023 0

मलेसिया – मलेसियाको संसद्ले धूमपान विरोधी विधेयक पारित गरेको छ। संसद्को तल्लो सदनले बिहीबार नाबालिगहरूलाई भ्यापिङ यन्त्रलगायत निकोटिन युक्त उत्पादनहरूबाट बचाउने उद्देश्यले धूमपान विरोधी विधेयक पारित गरेको हो।
स्वास्थ्यमन्त्री जालिहा मुस्तफाले पेस गरेको विधेयकमा सुर्तीजन्य पदार्थ, धूमपान वा सुर्तीजन्य पदार्थको बिक्री वितरण र नाबालकलाई धूमपान सम्बन्धी कुनै पनि सेवा उपलब्ध गराउन निषेध गर्ने व्यवस्था गरिएको छ ।

मन्त्री जालिहाद्वारा प्रस्तावित ऐनले सुर्तीजन्य उत्पादनका तीन वर्गलाई नियमन गर्नेछ । पहिलो वर्गमा प्रशोधन गरिएको सुर्ती वा मानव उपभोगको लागि निर्माण गरिएको कुनै सुर्तीजन्य पदार्थ, दोस्रोमा निकोटिन, प्रोपाइलिन ग्लाइकोल, ग्लिसरोल र ट्राइथाइलिन ग्लाइकोललगायत धूमपानका लागि प्रयोग हुने कुनै पनि पदार्थको संयोजन गरी बनाइएको विद्युतीय (ई-चुरोट) र तेस्रोमा धूमपानका लागि तयार सुर्तीजन्य उत्पादनहरू प्रतिस्थापन गर्ने लगायतका छन् ।

चुरोट तमाखु उत्पादनका विज्ञापन, प्रवद्र्धन र प्रायोजनमा प्रतिबन्ध लगाउने प्रावधानहरू जुन पहिले नै विद्यमान कानूनहरू अन्तर्गत लागू हुने र अब ई-चुरोट, सुर्तीजन्य उत्पादनहरू, धूमपान पदार्थहरू र प्रतिस्थापन सुर्तीजन्य उत्पादनहरू लगायत सबै उत्पादनहरूमा विस्तार गरिएको मन्त्रीले जानकारी दिनु भएको छ ।

साथै विधेयकमा सबै आयातकर्ता र सूर्तिजन्य उत्पादनका उत्पादकहरूले मलेसियाली बजारका लागि उत्पादित प्रत्येक उत्पादन दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ। विधेयकमा भनिएको छ- प्रत्येक उत्पादनको विशिष्टता र सामग्रीको रेकर्डिङको लागि अनुमति दिइने र दर्ता नगरिएका उत्पादनहरू लाई कारबाही गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर