अवैध लागूऔषध सहित ५५ वर्षीय पुरुष पक्राउ — OSNepal

अवैध लागूऔषध सहित ५५ वर्षीय पुरुष पक्राउ

LC (KTM) July 25, 2021 0

काठमाडौं १० साउन । अवैध लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी नगरपालिका ९ बस्ने ५५ वर्षीय सूर्य बहादुर तमाङ रहेका छन् । निजलाई

चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट करिब २ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने गाँजाको खैरो धुलो पदार्थ सहित महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

शनिबार बिहान धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५०२४ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा निजको झोलाबाट उक्त अवैध लागु औषध बरामत भएको हो ।

त्यसैगरी, अवैध लागूऔषध गाँजाको धुलो सहित एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ धार्के गाउँपालिका १ बस्ने १६ वर्षीय ति किशोरलाई प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख १५९५ नम्बरको बस चेक जाँच गर्ने क्रममा उक्त धुलो सहित पक्राउ गरेको हो ।

पक्राउ परेका निजहरुमाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर