सुनको मूल्य प्रतितोला एक लाख २१ हजार छ सय पुग्यो — OSNepal

सुनको मूल्य प्रतितोला एक लाख २१ हजार छ सय पुग्यो

LC (KTM) December 04, 2023 0

काठमाडौँ, १८ मङ्सिर : नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रु एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु आठ सयले बढेर प्रतितोला रु एक लाख २१ हजार छ सय पुगेको हो । नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २१ हजार कायम भएको छ । आइतबार तेजावी सुन प्रतितोल रु एक लाख २० हजार दुई सयमा कारोबार भएको थियो । साथै चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय ४५ मा कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर