गीतकार अमर बान्तुको ‘अरे क्यानाम’ (भिडियोसहित) — OSNepal

गीतकार अमर बान्तुको ‘अरे क्यानाम’ (भिडियोसहित)

LC (KTM) December 12, 2023 0

गीतकार अमर बान्तुको नयाँ गीत ‘अरे क्यानाम’ सार्वजनिक भएको छ । सहिमा श्रेष्ठ र मोहन श्रेष्ठको स्वर, राजनराज सिवाकोटीको सङ्गीत र साहस शाक्यको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गम्भीर बिष्टको कोरियोग्राफी एवं निर्देशन रहेको प्रेमिल शैलीको डान्सिङ भर्सनको यस गीतको भिडियोमा राज आचार्य र सजिना श्रेष्ठबीचको अन्स्क्रिन प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ ।

भिडियोमा सहिमा श्रेष्ठ र प्रकाश बस्नेतको समेत अभिनय छ । नवराज उप्रेतीले छायाँकन गरेको भिडियोमा प्रविन भट्टको सम्पादन छ ।सुरेन्द्र बसेल सहायक निर्देशक रहेको भिडियो गायिका श्रेष्ठको युट्युव च्यानल ‘सहिमा श्रेष्ठ’मार्फत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर