गायिका पूर्णिमा लामाको ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ सार्वजानिक — OSNepal

गायिका पूर्णिमा लामाको ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ सार्वजानिक

LC (KTM) December 12, 2023 0

काठमाडाैं, २५ मंसिर । गायिका पूर्णिमा लामाले लामो समयको अन्तरालपछि फेरि नयाँ गीतमा आवाज भरेकी छिन् । गायक तथा संगीतकार गोविन्द मधुर आचार्यको शब्द सृजना र संगीत रहेको ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ बोलको गीत पूर्णिमा लामाले स्वर दिएकी हुन् ।

लाामाे समयसम्म आफ्नाे गीत नआउनुकाे कारण खुलााउँदै उनले आफू केही वर्षदेखि घाँटीमा समस्या भएकोले चिकित्सकको सुझावअनुसार रेस्ट गरेर बसेको जानकारी दिइन् । अब फेरि आफू गीत स‌ंगीतमै फर्किएकाे जानकाकरी दिएकी उनले ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ पनि दर्शक र स्राेताले माया गरिदिएर आफूले हाैसला दिने विश्वास व्यक्त गरिन् ।

‘धेरै माया नगर्नु यहाँ कसैलाई’को रेकर्डिङ मालश्री रेकर्डिङ स्टुडियोमा भएको हो भने ध्वोनी सम्पादन खडका बाजुरालीले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर