यतिबेला चर्चाको विषय बन्दै ऐश्वर्या राय बच्चन — OSNepal

यतिबेला चर्चाको विषय बन्दै ऐश्वर्या राय बच्चन

LC (KTM) December 17, 2023 0

मुम्बई । अभिनेत्री ऐश्वर्या राय बच्चनको नाम यतिबेला चर्चाको विषय बनेको छ । पछिल्ला केही दिनदेखि ऐश र बच्चन परिवारबीचको खललको खबरले बलिउड तातेको छ । तर यस बीचमा अभिनेत्रीलाई उनका ससुरा तथा हिन्दी सिनेमाका दिग्गज अभिनेता अमिताभ बच्चनसँग देख्न पाइएको छ ।

यसरी सामाजिक सञ्जालमा बिग बी, अभिषेक बच्चन र ऐशको पछिल्लो भिडियो सार्वजनिक भएको छ, जसमा बच्चन परिवारका यी सदस्यहरु आराध्या बच्चनको स्कूल समारोहमा सँगै देखिएका छन् ।राजधानि दैनिकमा खबर छ ।

बी(टाउन अभिनेत्रीका रूपमा ऐश्वर्या रायको नाम जति चर्चित छ, बच्चन परिवारकी बुहारीका रूपमा ऐशको छुट्टै पहिचान छ । केही दिनयता बच्चन परिवार र ऐश्वर्या राईबीच सबै कुरा राम्ररी चलिरहेको छैन भनेर कतिपयले अनुमान गरिरहेका छन् ।

तर, अहिले अमिताभ बच्चनसँग ऐशको उपस्थितिले यी सबै विवादको हल्लालाई अन्त्य गरेको देखिन्छ । इन्स्ट्यान्ट बलिउडले इन्स्टाग्राम ह्यान्डलमा सेयर गरेको यो भिडियोमा ऐश, अभिषेक बच्चन र बिग बी सँगै देखिएका छन् ।

यस भिडियोमा अमिताभका नाति र अभिनेता अगस्ट नंदा पनि उनीसँगै देखिएका छन् । वास्तवमा, यो भिडियो आराध्या बच्चनको स्कूल धीरुभाई अम्बानी इन्टरनेशनल स्कूलको वार्षिकोत्सव दिनको हो, जसमा बच्चन परिवारका यी तीन सदस्य एकसाथ देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर