अस्ट्रेलिया र क्यानडामा धेरै कमाउने पहिलो हिन्दी फिल्म बन्‍यो रणवीरको ‘एनिमल’ — OSNepal

अस्ट्रेलिया र क्यानडामा धेरै कमाउने पहिलो हिन्दी फिल्म बन्‍यो रणवीरको ‘एनिमल’

LC (KTM) December 20, 2023 0

एजेन्सी । बलिउडको एक्सन थ्रिलर फिल्म ‘एनिमल’को क्रेज अन्त्य हुन सकेको छैन। सन्दीप रेड्डीको निर्देशनमा बनेको यो फिल्मले भारतमा मात्रै होइन देशबाहिर पनि हलचल मच्चाएको छ। अब यसले नयाँ(नयाँ रेकर्ड बनाएको छ।

‘एनिमल’ फिल्मले अस्ट्रेलिया र क्यानडामा हालसम्मकै सबैभन्दा धेरै कमाउने चलचित्र बनेको ‘एनिमल’ फिल्मले सामाजिक सञ्जालमा जानकारी दिएको छ । यसअघि यो स्थिति शाहरुख खानको फिल्म पठानको नाममा थियो।नेपाल समचारपत्रमा खबर छ ।

एक रिपोर्ट अनुसार ‘एनिमल’ फिल्मले अस्ट्रेलियामा लगभग ४७ लाख ५० हजार डलर र क्यानडामा लगभग ६१ लाख ३५ हजार डलर कमाई गरेको छ।

यो कमाइ रिलिजको १८ दिनभित्रको हो। यो चलचित्र हलमा आएको १८ दिन भइसकेको छ र अझै पनि यो चलचित्र हेर्नको लागि ठुलो सङ्ख्यामा दर्शक हलमा पुगिरहेका छन्। रणवीर कपूर र बबी देओलको यो फिल्म ‘साम बहादुर’ फिल्मसँगै डिसेम्बर १ मा सिनेमा घरमा रिलिज भएको थियो।

रणवीर र बबीको यो फिल्म हिन्दीबाहेक तमिल र तेलुगु भाषामा पनि रिलिज भएको छ। तमिल भाषामा फिल्मको कलेक्सन राम्रो थियो तर हिन्दी र तेलुगुमा फिल्मले ठुलो कमाइ गरेको थियो।

आइतबार अर्थात् १७ औँ दिन फिल्मको कमाई करिब १३।५ करोड रहेको थियो भने सोमबार पनि राम्रो कमाई गरेको थियो । अहिलेसम्म हिन्दी भाषामा ४६९।७९ करोड कमाइसकेको बताइएको छ।

‘एनिमल’ चलचित्रले हलमा कमाउन मात्र ३ दिन बाँकी छ। वर्षको अन्त्यसँगै शाहरुख खानको ‘डंकी’ र प्रभासको ‘सालार’ क्रिसमसको अवसरमा रिलिज हुँदै छन् । यी चलचित्रहरू डिसेम्बर २२ मा हलमा रिलिज हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर