उक्साए ‘आणविक हमला’ गर्न नहिच्किचाउने’ उत्तर कोरियाली नेता किमको चेतावनी — OSNepal

उक्साए ‘आणविक हमला’ गर्न नहिच्किचाउने’ उत्तर कोरियाली नेता किमको चेतावनी

LC (KTM) December 21, 2023 0

सियोल, ५ पुस । उत्तर कोरियाले ‘शत्रले आणविक अस्त्र’ ले उक्साएमा उसले पनि आणविक अस्त्र प्रयोग गर्ने चेतावनी दिएको छ । प्योङयाङलाई ‘आणविक हतियारले उक्साएमा’ आणविक आक्रमण गर्न नहिचकिचाउने उत्तर कोरियालाई ली नेता किम जोङ उनले बताएका हुन्।

यद्यपि सियोल र उसका सहयोगीले ‘बिना शर्त वार्ता’ गर्न उत्तर कोरियालाई आह्वान गरेका छन् । गत साता वासिङ्टनमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीच भएको बैठकपछि किमले यस्तो चेतावनी दिएका हुन् ।

बैठकको कार्यसूचीमा ‘आणविक र रणनीतिक योजना’ समावेश गरिएको थियो र सहयोगीहरूले संयुक्त राज्य अमेरिका वा दक्षिण कोरियामाथि प्योङयाङले गरेको कुनै पनि आणविक आक्रमणले उत्तर कोरियाली शासनको अन्त्य हुने कुरा दोहो¥याएका थिए ।

तर किमले आफ्नो सेनाको क्षेप्यास्त्र ब्युरोलाई ‘शत्रुले आणविक हतियारले उक्साएमा आणविक आक्रमण गर्न समेत नहिचकिचाउन’ भनेको प्योङयाङको कोरियाली केन्द्रिय समाचार संस्था (केसीएनए) ले बिहीबार जनाएको छ ।

त्यसको केही समयपछि वासिङ्टन, सियोल र टोकियोले वक्तव्य जारी गर्दै आणविक शक्ति सम्पन्न मुलुकलाई ‘थप उक्साहट नगर्न र बिना कुनै पूर्वशर्त ठोस वार्तामा संलग्न हुने आह्वानलाई स्वीकार गर्न’ आग्रह गरेका थिए ।

यस वर्ष प्योङयाङले गरेको हतियार परीक्षणको कीर्तिमानी शृङ्खलाको सामना गर्दै तीनै देशले प्रतिरक्षा सहयोग बढाएका छन् र मङ्गलबार उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपणको वास्तविक समयको तथ्याङ्क सार्वजनिक गर्ने प्रणाली सक्रिय गरेका छन् ।

उत्तर कोरियाले सोमबार आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र ह्वासोङ–१८ प्रक्षेपण गरेको थियो र पछि यसलाई वासिङ्टन र उसका सहयोगीहरूको निरन्तरको ‘सैन्य खतरा’ को रक्षाका लागि गरिएको बताएको थियो ।

गत हप्ता दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा अमेरिकी आणविक शक्तिसम्पन्न पनडुब्बी पुगेको थियो र बुधबार वासिङ्टनले सियोल र टोकियोसँगको अभ्यासमा आफ्ना लामो दूरीका बमवर्षक विमान उडाएको थियो ।

उत्तर कोरियाले हालै ‘कोरियाली प्रायद्वीप कानुनअनुसार युद्धको अवस्थामा रहेको’ र वासिङ्टनले दक्षिणमा तैनाथ गरेको ‘रणनीतिक सम्पत्ति’ विनाशको पहिलो निशाना हुने बताएको छ ।

गत अक्टोबरमा सियोल, टोकियो र वासिङ्टनको पहिलो संयुक्त हवाई अभ्यासमा आणविक हतियार बोक्न सक्ने अमेरिकी बी–५२ बमवर्षक विमानले भाग लिएपछि प्योङयाङले उक्त अभ्यासलाई ’अमेरिकाको जानाजानी आणविक युद्ध उत्तेजक कदम’ भनेको थियो ।

प्योङयाङले संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूको अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्छ र लामो समयदेखि क्षेप्यास्त्र प्रक्षेपणलाई आवश्यक ‘प्रतिकार’ को रूपमा न्यायोचित ठह¥याउँदै आएको छ ।

प्योङयाङले गत वर्ष आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो र उसले आफ्नो आणविक कार्यक्रम कहिल्यै नछोड्ने बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर