लुम्बिनी प्रदेश : नवनियुक्त मन्त्रीद्वयद्वारा शपथ — OSNepal

लुम्बिनी प्रदेश : नवनियुक्त मन्त्रीद्वयद्वारा शपथ

LC (KTM) December 24, 2023 0

लुम्बिनी, ८ पुस : लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नेकपा (माओवादी केन्द्र)की कृष्णा केसीलाई सहरी विकासमन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त गर्नुभएको थियो । नवनियुक्त दुवै मन्त्रीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउनुभयो ।

बाँकेकी केसी र प्यूठानका थापा दुवै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ््ख्या नौ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर