अस्ट्रेलियाको सिडनीमा चौथो पटक थारु महान चाड "माघी" महोत्सव हुने — OSNepal

अस्ट्रेलियाको सिडनीमा चौथो पटक थारु महान चाड “माघी” महोत्सव हुने

LC (KTM) December 27, 2023 0

थारू समुदायको महान चाड माघी अष्ट्रेलिया को सिडनी मा चौथो पटक बिबिध कार्यक्रम सहित मनाइदै छ । थारु सोसाइटी को आयोजनामा माघी पर्ब हर्ष उल्लासका साथ मनाउने तयारी भईराखेको जानकारी सोसाइटीका पब्लिक अफिसर अरुण आर्यन चौधरी ले दिनु भएको थियो। जनवरी १५ सोमबारको दिन (माघ १ )गते अपरान्ह २ बजे बाट सुरु हुने सो कार्यक्रम विटलाम पार्क मा हुदैछ। कार्यक्रममा यसपटक थारू लाठी नाच, झुमरा नाच आदी नृत्य र थारू परिकारको व्यवस्था गरिने भएको छ।

चौधरीका अनुसार थारू परिकारहरू ढिकरी, खिचरी, बंगुरको मासु, तिलको लड्डुको स्वाद लिन सकिनेछ। थारू रिति रिबज अनुसारका नाच गान र खान पिन सहित हुने सो कार्यक्रममा उपस्थितिको लागि थारु सोसाईटी सिडनी अष्ट्रेलिया ले सम्पूर्ण थारू समुदाय लगायत सबै नेपाली दाजु-भाई, दिदी-बैनीहरु लाई हार्दिक अनुरोध गरेको छ। थप जानकारीका लागि अफिसर अरुण आर्यण चौधरी लाई ०४०१४३५९५९ वा संस्थाका अध्यक्ष दीप नारायण चौधरी लाई ०४११६८८७९८ सम्पर्क गर्न सकिने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर