बलिउडका राम्रा जोडी भनेर चिनिएका अभिषेक र ऐश्वर्य बीचको विवादले छोरीमा असर — OSNepal

बलिउडका राम्रा जोडी भनेर चिनिएका अभिषेक र ऐश्वर्य बीचको विवादले छोरीमा असर

LC (KTM) December 28, 2023 0

मुम्बई । बलिउड अभिनेता अभिषेक बच्चन र ऐश्वर्या रायबीचको पारिवारिक तनाव झनै चर्किएको छ । बलिउडको राम्रा जोडी भनेर चिनिएका अभिषेक र ऐश्वर्य बीचको विवादले चरम रुप लिएको छ ।

सन् २००७ मा यी दुईले विवाह गरेका थिए । यसपछि सन् २०११ मा उनीहरुको घरमा छोरी आराध्याको जन्म भएको थियो । आराध्य अहिले १२ वर्षकी भईन् । तर यतिबेला बुबा र आमाको मनमुटावले उनी पनि तनावमा छिन् । उनले बुबा आमालाई मिल्न बारम्बार अनुरोध गरेकी छिन् । दवाव समेत दिएकी छिन् ।

यी दुईको सम्बन्धविच्छेद हुने अबस्था सिर्जिएको खबर यतिबेला आएको छ । पछिल्लो दुई महिनाबाट अभिनेत्री ऐश्वर्या रायले अभिषेकको घर छाडेकी छिन् । उनी माईतमा बस्दै आएकी छिन् ।राजधानि दैनिकमा खबर छ ।

मुलत अभिनेता अमिताभ बच्चनले आफ्नी छोरी श्वेताले एउटा बँगलो नै उपहार दिएपछि सो कुराको ऐश्वर्याले बिरोध गरिन् । सो प्रकरणले नन्द भाउजु अर्थात श्वेता र ऐश्वर्याबीच हात हालाहालको अबस्था नै आयो । यो प्रकरणमा ऐश्वर्यासँग अमिताभ र जया समेत रिसाए । सो कुराको अभिषेकले पनि बिरोध गरे । बच्चन परिवारबाटै आफुलाई गालीगजोल भएको र पति अभिषेकले पनि साथ नदिएको भन्दै माईत गएकी ऐश्वर्या अझै माईतमै छिन् ।

आफ्नै पत्नी लामो समय माईतबस्दा समेत उनलाई दिन अभिषेक गएको छैनन् । जसका कारण ऐश्वर्या झनै दुखी भएकी छिन् । तथापि छोरी आराध्य अहिले पनि बुबा अभिषेकसँगै छिन् । उनले बुबा र आमालाई मिल्नको लागि निरन्तर दवाव दिईरहेकी छिन् ।

छोरीलाई साह्रै मायाँ गर्ने अभिषेकले आमा र आफ्नो मिलन हुने आश्वासन आराध्यलाई दिएका छन् । छोरीले मिल्ने सल्लाह दिँदा अभिषेक बच्चनले आफू धेरै कडा अभिभावक बन्नमा विश्वास नगर्ने बताएका छन् । यस’दयगत अभिषेक बच्चनले भने, “म आराध्याप्रति धेरै कडा र धेरै उदार पनि छैन । म छोराछोरीलाई माया र प्रोत्साहन गर्नुपर्छ भन्नेमा विश्वास गर्छु ।’ छोरीले आफुले सवैभन्दा बढी मायाँ गर्ने पनि उनले बताएका छन् । तैपनि आफुले भन्दा श्रीमती ऐश्वर्याले छोरीको बढी स्याहार सुसार गर्दै आएको पनि बताएका छन् । उनले भनेका छन्,‘छोरीको राम्रो हेरचाह गरेकोमा म त्यसको श्रेय ऐश्वर्यालाई दिन्छु ।’ अभिषेक बच्चनले अगाडि भने,‘जब म फिल्ममा काम गर्न जान्छु, उनले हाम्रो छोरीको पूरा हेरचाह गर्छिन्। ऐश्वर्या र म उनलाई कसरी अनुसासित र राम्रो बन्ने भन्ने कुरा सिकाउँछौँ।’

तर आफु र ऐश्वर्याबीचको मनमुटाव’दयगत भने यी अभिनेताले मिडियालाई बताउन चाहेका छैनन् । छोरीको प्यारेन्स डे कार्यक्रममा यो साता उनी र ऐश्वर्यासँगै पुगेका थिए । दुबैले सँगै छोरीलाई डोहो¥याएका थिए । तर अन्त्यमा ऐश्वर्या आफ्नै माईतमा गईन् । अब यी दुईको मिलन कहिले हुन्छ भन्ने प्रतिक्षामा उनीहरुको आफन्तदेखि शुभचिन्तकहरुसम्म रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर