निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कविताकृति ‘गाउँ फर्कन्छु’ सार्वजनिक — OSNepal

निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कविताकृति ‘गाउँ फर्कन्छु’ सार्वजनिक

LC (KTM) December 31, 2023 0

काठमाडौँ, १५ पुस – प्रमुख निर्वाचन आयुक्त एवं स्रष्टा दिनेशकुमार थपलियाको कविताकृति ‘गाउँ फर्कन्छु’ बजारमा आएको छ ।साझा प्रकाशनबाट प्रकाशित उक्त कृतिमा उहाँका विसं २०४० देखि २०६३ सालसम्म रचिएका ३३ कविता समाविष्ट छन् । निजामती सेवामा लामो समय सेवा गरी सरकारको सचिवबाट अवकाशप्राप्त थपलियाले आफ्ना अनुभव र भोगाइका आधारमा कविता, गीत र मुक्तक लेख्दै आउनुभएको छ । उहाँका दर्जनौैँ गीत ‘रेकर्र्ड’ भएका छन् ।

अच्छाराई रसिक प्रतिष्ठानले शनिबार सुनसरीमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा डा टङ्क न्यौपानेबाट सो कृतिको विमोचन गरिएको छ । उहाँले थपलियाका कविताहरु युगबोधी भएको बताउनुभयो ।

कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले थपलियाको साहित्यिक व्यक्तित्व पनि उत्तिकै सक्रिय रहनु पाठकका लागि खुसीको विषय भएको बताउनुभयो । कृतिमाथि समीक्षा गर्दै समालोचकद्वय डा टीका आत्रेय र दीपक न्यौपानेले थपलियाका कवितामा जीवन र जगत्का भोगाइका साथै व्यङ्ग्यात्मक प्रस्तुतिसमेत पाइने र तिनले सामाजिक रुपान्तरणमा टेवा मिल्ने बताउनुभयो । कार्यक्रममा कवि अनिल पौडेलले कविको चिनारी प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर