सामाजिक र राजनीतिका सबै क्षेत्र विषालु



राजन कार्की – विज्ञानको विकासले मानिसलाई सभ्य त बनायो, स्वस्थ रहने विषय त सिकायो तर स्वार्थ, भय, घृणा, इष्र्याजस्ता दुर्गुणहरु व्यापक फैलदै गएको टिप्पणी चिन्तकहरुबाट सुनिन्छ । हुन त कौटिल्यले उहिल्यै भनेका हुन्– दुर्जनलाई जतिसुकै सिकाए पनि उसमा साधुत्व पलाउँदैन, जतिसुकै दूध र घ्यूमा चोपले पनि निमको गुण तीतै हुन्छ । दुष्ट विचार दिमागमा भएपछि मन शुद्ध हुन्न र उसले जतिसुकै मीठो बोले पनि उसको व्यवहार दुष्टताले भरिएकै हुन्छ । जुन शासन र प्रशासनमा व्याप्त छ । यसकारण हाम्रा जीवनचक्र जता मल्को उतै ढल्कोहरुको भूमरीमा परेको छ । हुन त उखानै छ– कस्तुरी भनेपछि सुँघिरहनु पर्दैन, हलेदो भनेर थाहा पाएपछि किन कोट्याइरहनु । हामी कच्चा बैद्यको मात्रा, यमपुरीको यात्रामा छौं । निकै ठूला ठूला परिवर्तन भए, राज्यव्यवस्था नै उल्टियो, संविधान नयाँ लेखियो, शासन प्रणाली आनका तान भिन्नतामा पुग्यो । यो परिवर्तन, यो उलटफेरबाट देशमा शान्ति, स्थिरता र न्यायव्यवस्था बलियो भएको हो त ? यी प्रश्नको जबसम्म सकारात्मक जवाफ हामी पाउन सक्दैनौं, तवसम्म कुनै पनि साना ठूला परिवर्तनको अर्थ रहदैन ।

विहानै हामी तरकारी बजार जान्छौं, विषादीले भरपुर तरकारी किनेर ल्याउाछौं र त्यही खान्छौं । हामीभित्र विष पचाउने शक्ति बढेर गएको छ र नयाा नयाा रोगहरु हामी आफैभित्र सिर्जना गरिरहेका छौं । हिड्ने बाटोघाटो वर्षामा हिलाम्मे र हिउादमा धुलाम्मे छ, यसरी हिलोधुलो खाादै हिडेको वर्षाैंवर्ष भइसक्यो, जनता कराइरहेका छन्, राज्यले यथोचित व्यवस्था गर्न सकेको छैन । दिनभरि अड्डाअदालत, कार्यालयमा अनेकथरि काम पर्छन् । गयो, घूस नदिई कतै काम नै हुन्न । नागरिकतादेखि पासपोर्टसम्म, सिफारिसदेखि नाता प्रमाणितसम्म, घरजग्गा खरिदविक्रीदेखि जुनसुकै काममा पनि पैसोकै लेनदेन चलिरहेको छ । प्रशासन यतिबिघ्न भ्रष्ट भइसकेको छ कि अव यो आनीबानी सुधार्न सकिने अवस्था छ जस्तो लाग्दैन । सानाका सानै समस्या, ठूला हाकिमहरु बोलकबोलमा नियुक्ती सरुवा बढुवा हुन्छन् र उनीहरु दिएको शुल्क उठाउनमै व्यस्त हुन्छन् । कुनै हाकिम वा कारिन्दो देशको, जनताको, कानुनको पहुाचमा बस्नै चाहदेन । किनभने त्यसो गरेर ऊ टिक्नै सक्दैन ।

कारण, राजनीतिको प्रभाव हो । चाणक्यले उहिल्यै भनेका थिए– मुहान शुद्ध नभएसम्म उसको बहाव पवित्र हुनसक्दैन । हाम्रो देशमा सबै नीतिहरुमा उत्तम नीति राजनीति, सबैभन्दा प्रदूषित छ । शासन र शासन गर्ने आधार निर्माण गर्ने राजनीतिले हो । राजनीति नै विकारयुक्त भएपछि आसन जतिसुकै शुद्ध भए पनि त्यसमा आसिन व्यक्ति अशुद्ध विचारको भएकाले विधिको शासन अर्थात सुशासन सम्भव नै हुनसक्दैन । हामी त्यही कूशासनको ग्रहणबाट ग्रसित छौं । कूशासन बेहोरिरहेका छौं, भोगिरहेका छौं । मानौं कूशासन हाम्रा लागि सतीको सराप हो, भोग्न अभिशप्त छौं । त्यो सरापबाट मुक्तिका लागि हामी कुनै रामको आगमनको प्रतिक्षामा छौं । लोकतन्त्रमा राजनीतिक प्रतिस्पर्धा हुनुपर्छ । प्रतिस्पर्धा राम्राका लागि हुने हो । तर नेपालको सन्दर्भमा डनले चुनाव जित्छ, ज्यानमारा जेलबाट अविरजात्रा गर्दै हाासी हाँसी निस्कन्छ । प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रपति, सभामुखदेखि सबै संवैधानिक पदमा आसिन व्यक्तिहरु कुनै न कुनै असामाजिक, अराष्ट्रिय दोषका काला धब्बा बोकेर बााचिरहेका छन् । जब राज्यका प्रमुख व्यक्तित्वहरु बदनामीले डामिएका छन्, तिनका कामकारवाहीहरु कानुनविपरित भए, विधिसम्मत भएनन् भनेर आरोपप्रत्यारोप चलिरहन्छ भने यो देशको शासन र तरकारी बजारको विषादीयुक्त तरकारीमा कति अन्तर रह्यो र ? हामी सााझ बिहान विषादीयुक्त तरकारी खाइरहेका छौं, रातदिन विषादीभन्दा खतरनाक शासनव्यवस्था भोगिरहेका छौं भने यस्तो उत्तम र उदार शासन भनेर ब्यानर झुण्ड्याउादैमा कसरी देशले फड्को मार्नसक्छ ? तरकारीमा विषादीले मुनाफा बढ्छ, सरकारमा कमिशन र अनियमितताले शासकको आर्जन बढ्छ । अर्थात विष श्वास फेर्ने हावामा छ, खाने गाँसमा छ, गर्ने राजनीतिमा छ, भोग्ने शासनमा छ भने स्वस्थकर के रह्यो त ?

स्वस्थ सोच भए न, शासन प्रशासनमा स्वस्थता रहन्छ । यहीकारण नेपालको अर्थ, परराष्ट्र, गृह, कृषि, उद्योग, वाणिज्य अर्थात चाहिने सबै नीतिहरु अस्वस्थ छन् । अस्वस्थ नीतिले घर स्वस्थ हुन्न, समाज अस्वस्थ हुन्छ र देश अस्वस्थ बन्छ । पञ्चायत, बहुदल अस्वस्थ भए, अरुचिकर र अप्रजातान्त्रिक रहे भनेर त्यसलाई लोकतन्त्रको सााचोमा ढालियो, सााचो नै खराव परेछ कि के हो ? अलोकतन्त्रको जगजगी पो बढ्यो । भन्नलाई लोकतन्त्रभन्दा राम्रो व्यवस्था कुनै छैन भनेर विश्व तर्कना गरिरहेका छ । हामी त्यही लोकतन्त्रको मार्गबाट शान्ति र समुन्नति गर्न खोजिरहेका छौ, सकेनौं । लोकतन्त्र त विष वृक्ष पो बन्यो । विष वृक्ष बनाउने हामी नै हौं । जहाा डरलाग्दो देखिने कछुवाको दाात नै हुादैनन् तर हामीलाई सताउने लामखुट्टेले हो, लामखुट्टेको सत्र ओटा दाात हुन्छन् । गठेमंगल आएपछि लामखुट्टेको दाात भााचिन्छ भन्छन् र टोकाइबाट मुक्ति हुनथाल्छ । तर, हामीले आगालेको उत्कृष्ठ लोकतन्त्रमा हल्केको कमिशन, भ्रष्टाचार, अनीति, अनाचार, अनियमितताको दाात झन झन बढेर गएको छ । किन ? किनभने व्यक्ति फेरिए सोच फेरिएन, व्यवस्था फेरियो, व्यवहार फेरिएन । फेरिनुपर्ने सोच हो, केही राम्रो गर्ने इच्छाशक्ति हो, त्यो इच्छाशक्ति कुनै पनि राजनीतिक दलमा देखिएन । यसबाट के शिद्ध हुनजान्छ भने व्यक्ति र व्यक्तिको सोचमा परिवर्तन नआएसम्म हुनै पनि राजनीतिक परिवर्तनले राम्रो परिणाम देखाउन सक्दैन । हामी त्यही गलत सोचको सिकार बनिरहेका छौं । कालो सोचबाट कुपित भइरहेका छौं ।

सर्पले भ्यागुतो खान्छ, भ्यागुतो देखेपछि विच्छी डराउँछ । विच्छीले सर्पलाई टुक्रा टुक्रा पारिदिन्छ । अर्थात प्राकृतिक सन्तुलन यसरी मिलेको हुन्छ । शासन व्यवस्थामा पनि सन्तुलनको आवश्यकता देखेरै नियन्त्रण र सन्तुलनको सोच राखिएको छ । तर यी संवैधानिक निकायहरुमा राजनीतिक पार्टीहरुले योग्यताको होइन, आफ्ना मान्छेहरु भर्ति गर्दा सन्तुलन बिग्रन पुगेको छ । जसका कारण राज्यव्यवस्था नै यतिबेला पार्टीकरण भएको छ र पार्टीकरणको प्रभावअनुसारका अनुकूलका कामहरु भइरहेका छन् । यसरी राज्यव्यवस्था एउटा निरंकूशता समाप्त पार्ने भनेर अर्को भयानक निरंकूशतामा प्रवेश गरिसकेको छ । जुन व्यवस्थामा निरंकूशता हावी हुन्छ, त्यो व्यवस्थाले परिवर्तनलाई जनमुखी बनाउनै सक्दैन । आफूमुखी बनाउने कर्तुतका कारण शासन व्यवस्थामा लोकतन्त्रको साइनबोर्ड त देखिन्छ, अलोकतान्त्रिकताले जरो गाड्छ, नेपालको परिवर्तनमा लोकतन्त्रका गुण भनेको चुनावमात्र हो, चुनावबाट पनि अलोकतन्त्रको जन्म भइसकेको छ । अव हेर्नुछ, देशमा विद्यमान हिन्दुधर्म, राजतन्त्र, संघीय प्रदेश, तिनको नामाकरण, संसदविरोधी मोर्चालगायतका राजनीतिक र शान्तिव्यवस्थाका समस्याहरुलाई अलोकतन्त्र झन झन पन्पिएको निरंकूशतन्त्रले कसरी हल गर्ला र ? राष्ट्रमा एक सय छब्बीस जाति छन् । ती सबैको घरदैलोसम्म सिंहदरवार पुर्‍याउनु छ । सिंहदरवार भनेको सुशासन र न्यायको प्रत्याभूति हो । त्यो पहुाच पुग्ला भन्न सकिन्न, किनभने निर्वाचित दलीय प्रतिनिधिले आफूलाई रजौटामा रुपान्तरण गर्न थालिसकेका छ । चाहिएको जनप्रतिनिधि, निर्वाचितले आफूलाई दलीय प्रतिनिधिका रुपमा विकास गर्न थालिसकेका छन् ।  राष्ट्रमा बुद्धिजीवीहरुको कमी छैन, न त विचार उत्पादकहरुको । छैन भने उचित मूल्यांकन र तिनको उपयोगको छैन । दलीय शासनमा दलीय स्वार्थलाई मात्र हेर्ने प्रवृत्तिले गर्दा राष्ट्रिय स्वार्थ छायाामा परेको छ । जबसम्म हामी नेपाली, नेपाल हाम्रो देश भन्ने भावनाका साथ सबैलाई समेटेर अघि बढ्ने र चुनावमात्र दलीय प्रतिस्पर्धा हुन्न, तवसम्म दलीय तन्त्रले निरंकूशतालाई न्यूनिकरण गर्न सक्नेछैन ।

बढी मुनाफाका लागि तरकारीमा विषादी र आफ्नो पार्टीलाई बलबती बनाउन पार्टीकरणको विषादी । तरकारीले आमनागरिकको जीवनलाई डरलाग्दा रोगहरुले ग्रस्त पार्दै लगेको छ भने राजनीतिकरणले राष्ट्रको जीवनलाई रोगी बनाउादैछ । परिवर्तन त भयो, परिवर्तन जीवनमुखी हुनसकेन, रोगमुखी परिवर्तनले देशको भाग्य र भविष्य निर्माण कसरी गर्छ ? यसकारण स्वस्थ सोच, स्वस्थ राजनीति र नयाा नेपालको निर्माणका लागि राजनीतिक स्वच्छता र त्यसको बलमा शासन व्यवस्थामा स्वच्छता ल्याउन सकेमात्र स्वस्थ राष्ट्र निर्माण गर्न सकिने छ । जुत्ता पालिस गरेर कांग्रेस शुद्धिकरण अभियानमा छ । बुट होइन, खराव सोचको दिमाग पालिस गर्न जरुरी छ । वाममोर्चाले अहंकारमा पालिस गर्नुपर्छ । तवमात्र विषादीबाट मुक्ति मार्गको पहिचान हुनसक्ला ? स्वस्थ राष्ट्र, स्वस्थ शासन र सुशासनले सामान्य जनजीवन र जनजिविकालाई छुनसक्ला ।

सामाजिक र राजनीतिका सबै क्षेत्र विषालु
राजन कार्की

Comment