कोरोना खोपको खिसी गर्दै खोपको विरोध गर्दै आएका यि व्यक्तिको कोरोनाकै कारण निधन — OSNepal

कोरोना खोपको खिसी गर्दै खोपको विरोध गर्दै आएका यि व्यक्तिको कोरोनाकै कारण निधन

LC (KTM) July 27, 2021 0

एजेन्सी । कोरोना विरुद्धको खोपका प्रखर विरोधीको कोरोनाबाटै मृत्यु भएको छ । मृत्यु हुनेमा खिसीटिउरी गर्ने संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यका हिल्सङ मेगाचर्चका सदस्य स्टीभन हार्मन रहेका छन् । खोप नलिने भन्दै खोपको खिसी गर्न एउटा शृङ्खला नै बनाएका उनी एक महिना देखी कोरोना संक्रमित बनेका थिए ।

उनले भनेको थिए, ‘मलाई ९९ वटा समस्या छन् तर तीमध्ये खोप चाहिँ हैन ।’ कोभिड खोप लगाउन अस्वीकार गर्ने भनिरहे र धार्मिक आस्थाले आफूलाई बचाउने विश्वास व्यक्त गरिरहेका उनको कोरोना कै कारण निधन भएको हो ।

कोरोनासँग जुझिरहँदा पनि उनले कोभिड खोप लगाउन अस्वीकार गरेका थिए । अमेरिकी वरिष्ठ विज्ञ डा एन्थोनी फाउचीमा भन्दा बाइबलमा विश्वास रहेको भन्दै बनाइएका मीम पनि उनीले शेयर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर