भारतमा थप ३० हजार संक्रमित, कतिले गुमाए ज्यान ? — OSNepal

भारतमा थप ३० हजार संक्रमित, कतिले गुमाए ज्यान ?

LC (KTM) July 27, 2021 0

काठमाडौँ– भारतमा थप ३० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३० हजार १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै भारतमा संक्रमितको संख्या ३ करोड १४ लाख ३९ हजार ७६४ पुगेको छ । त्यस्तै भारतमा एकै दिन ४१५ संक्रमितको मृत्यु भएको छ ।

यो सँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २१ हजार ४११ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ५ हजार ३०६ जना संक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर