फागुनमा मात्रै अभिनेता दयाहाङ राईले तीन वटा फिल्मको छायाँकनका लागि समय दिनु पर्ने — OSNepal

फागुनमा मात्रै अभिनेता दयाहाङ राईले तीन वटा फिल्मको छायाँकनका लागि समय दिनु पर्ने

LC (KTM) January 04, 2024 0

काठमाडौं । आगामी फागुनमा मात्रै अभिनेता दयाहाङ राईले तीन वटा फिल्मको छायाँकनका लागि समय दिनु पर्ने भएको छ । घर ज्वाईं र अर्को एक चलचित्रसँगै तेश्रो चलचित्र रिमैको छायाँकनका लागि पनि उनले समय दिने बताएपछि निर्माण पक्ष यतिबेला यो चलचित्रको तयारीमा जुटेको छ ।

यस अघिको चलचित्र कबड्डी २ को टिम हुने भएपछि सो चलचित्रलाई निर्धारित समयमै छायाँकन सक्ने अभिनेता दयाहाङले बताएका छन् । यो चलचित्रमा ‘कबड्डी २’का अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ यस अघि नै अनुबन्ध भैसकेका थिए । सो फिल्मका बमकाजी अर्थात सौगात मल्ल पनि चलचित्र रिमैमा यतिबेला अनुबन्धित भएका छन् ।राजधनि दैनिकमा खबर छ ।

यो चलचित्रका तीन मुख्य कलाकार अनुबन्धित भईसकेका कारण अब फागुनबाट आफु चलचित्रको छायाँकनमा जाने यसका निर्देशक खिल बहादुर गुरुङ्गले राजधानीलाई जानकारी गराएका छन् ।

कबड्डी सृँखला र जारी जस्ता सिनेमा लेखेका तथा जारीका निर्देशक उपेन्द्र सुब्बाले यो चलचित्र लेखिसकेको पनि खिल बहादुरले बताए ।

कबड्डी २ मा दयाहाङ, सौगात र रिश्माको त्रिकोणात्मक प्रेम दर्शकले साह्रै रुचाएका कारण यी तीन कलाकारलाई लिएर त्रिकोणात्मक प्रेमकथामा आफुले फिल्म बनाउन लागेको पनि यी निर्देशकले बताएका छन् ।

यो चलचित्रको कार्यकारी निर्मातामा टिका गुरुङ्ग ९युके०, प्रकाश गुरुङ्ग ९युके०, जित यात्री गुरुङ्ग ९नर्वे० र सचि कुमारी घले छन् भने दुन बहादुर घले, हेमा गुरुङ्ग र विजय लामा सह–निर्माता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर