नयाँ चलचित्र ‘एक्टर’मा प्रदीप खड्का र आना शर्माको अभिनय — OSNepal

नयाँ चलचित्र ‘एक्टर’मा प्रदीप खड्का र आना शर्माको अभिनय

LC (KTM) January 11, 2024 0

काठमाडौं । अभिनेत्री प्रदीप खड्का यतिबेला अर्को फिल्ममा अनुबन्धित भएका छन् । उनी नयाँ चलचित्र ‘एक्टर’मा अनुबन्धित भएका हुन् । यो चलचित्रमा प्रदीप खड्कासँगै अभिनेत्री आना शर्मा पनि अनुबन्धित भएकी छिन् । प्रदीप र आनालाई यो चलचित्रमा अनुबन्धित गरिएको निर्माण पक्षले जनाएको छ ।

यस अघि चलचित्र जेरीमा अनमोल केसीको नायिका बनेकी आना यसपटक प्रदीपको जोडी बनेकी हुन् । यो सम्झौतासँगै प्रदीप र आनाको जोडी पहिलो पटक दर्शक माझ आउने भएका छन् । यी दुइको जोडीलाई लिएर दर्शकमा पनि उत्साह थपिने निर्माण पक्षको विश्वास छ ।

फिल्म ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको नायिका आना शर्माले बताइन् । एउटा राम्रो टिमसँग काम गर्नका लागि आफू सधैं नै लालायित हुने गरेको उनको भनाई छ ।नेपाल समचारपत्रमा खबर छ ।

यो चलचित्रलाई राजन भुसालले निर्देशन गर्दैछन् । चलचित्र एक्टरमा थमन कुमार भण्डारीको लगानी रहने छ । एक्टरको सह–निर्मातामा एनिस भुसाल छन् । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको छायाँकन प्रदीप खड्काको अर्को चलचित्र पुजार सार्कीपछि सुरु हुने बताईएको छ । पुजार सार्कीको छायाँकन माघको पहिलो साताबाट हुने भएको छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहेको छ । फिल्ममा रित बोहरा सहयोगी निर्देशकको रुपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर