गण्डकी प्रदेशमा पृथ्वी मान सिंह गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचन प्रदेश प्रमुख — OSNepal

गण्डकी प्रदेशमा पृथ्वी मान सिंह गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचन प्रदेश प्रमुख

LC (KTM) July 27, 2021 0

काठमाडौँ १२ साउन । आज बसेको मन्त्रिपरिषद्को बैठकले तिन प्रदेशको प्रदेश प्रमुख परिर्वतन गर्ने निणर्य गरेको छ । आज गण्डकी र लुम्बिनी प्रदेश प्रमुखको लागि पृथ्वी मान सिंह गुरुङ र अमिक शेरचनको नाम सिफारिस गरिएको छ ।

हाल गण्डकी प्रदेशमा रहेकी प्रदेश प्रमुख सीता पौडेलको स्थानमा पृथ्वी मान सिंह गुरुङलाई सिफारिस गर्ने सरकारले निणर्य गरेको जनाइएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवको स्थानमा अमिक शेरचनलाई सिफारिस गर्ने तयारी भइरहेको जनाइएको छ ।

अहिले पनि मन्त्रिपरिषद्को बैठक बसिरहेको छ , संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर