इरानद्वारा सिरिया र इराकी कुर्दिस्तानमा रहेको आतङ्कवादी अड्डाहरू विरुद्ध मिसाइल आक्रमण — OSNepal

इरानद्वारा सिरिया र इराकी कुर्दिस्तानमा रहेको आतङ्कवादी अड्डाहरू विरुद्ध मिसाइल आक्रमण

LC (KTM) January 16, 2024 0

तेहरान, २ माघ । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरले सिरिया र इराकको कुर्दिस्तान क्षेत्रमा आतङ्कवादी र इजरायलको गुप्तचर सेवा मोसादको अड्डा विरुद्ध ब्यालेस्टिक क्षेप्यास्त्रको ब्यारेज प्रहार गरेको जनाएको छ।

आईआरजीसीले मङ्गलबार बिहानै सेपाह समाचारमा प्रकाशित तीनवटा विज्ञप्तिमा आक्रमणको घोषणा गरेको छ । यी आक्रमणहरू मध्यरातमा बलुचेस्तानमा हालैका आतङ्कवादी हमलाहरू को प्रतिक्रियाको रूपमा गरिएको बताइएको छ ।

इराकी सुरक्षा स्रोतका अनुसार इराकी कुर्दिस्तानको राजधानी एर्बिलमा आईआरजीसीले गरेको मिसाइल आक्रमणमा चार जनाको मृत्यु भएको छ। जनवरी ३ मा, दुई आत्मघाती आतङ्कवादीू ले केरमानमा इरानी जनरल कासिम सुलेमानीको चिहान नजिकै दुईवटा बम विस्फोट गराएको बताइएको छ ।

त्यसको परिणामस्वरूप ९० जनाभन्दा बढीको मृत्यु भएको छ भने र २८० जना घाइते भएका छन्। जनवरी ४ मा भएको बम विस्फोटको जिम्मेवारी आईएस आतङ्कवादी समूहले लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर