फिल्म 'मायाका रंगहरु'मा कलाकार सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित — OSNepal

फिल्म ‘मायाका रंगहरु’मा कलाकार सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित

LC (KTM) January 17, 2024 0

काठमाडाैं । अभिनेता पल शाह र कुन्दन भारद्धाजको मुख्य भुमिका रहने इन्डो नेपाली फिल्म ‘मायाका रंगहरु’मा कलाकार सुनिल थापा र बुद्धि तामाङ पनि अनुबन्धित भएका छन् । केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय फिल्मको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ ।

प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ । पुनम तामाङ प्रस्तुतकर्ता रहको सिनेमाको निर्माता आर.बी थाङदेन हुन् । फिल्ममा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ,मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

फिल्मका सह-निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् । सिनेमाको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । पर्यटन पर्वद्वनको लागि फिल्म भन्ने उदेश्यले आफुले यो फिल्ममा निर्माण गर्न लागेको निर्देशक तामाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर