यस्तो छ बिहीबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति? — OSNepal

यस्तो छ बिहीबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

LC (KTM) January 18, 2024 0

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बिहिबार अमेरिकी डलरको भाउ बढेको छ भने युरो घटेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसा कायम गरिएको छ।

अघिल्लो दिनको तुलनामा बिहिबार अमेरिकी डलरको भाउ ११ पैसाले बढेको छ।

यसअघि बुधबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३३ रूपैयाँ २२ पैसामा कारोबार भएको थियो।

यसैगरी आज ७ पैसाले घटेरे युरोको एकको खरिदमा १४४ रूपैयाँ ३५ पैसा र बिक्रीमा १४५ रूपैयाँ कायम गरिएको छ।

बुधबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ४२ पैसा र बिक्रीमा १४५ रूपैयाँ ०७ पैसा तोकिएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ३८ पैसा र बिक्रीदर १६९ रूपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ०२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४१ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ १७ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६१ पैसा कायम गरिएको छ ।

यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४५ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८६ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९० पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३९ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ १४ पैसा र बिक्रीदर २८ रूपैयाँ २६ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ०७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ०२ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर