सत्तारुढ गठवन्धनको बालुवाटारको बैठकमा प्रतिपक्षदल नेकपा एमालेको सहभागिता — OSNepal

सत्तारुढ गठवन्धनको बालुवाटारको बैठकमा प्रतिपक्षदल नेकपा एमालेको सहभागिता

LC (KTM) July 28, 2021 0

काठमाडौं १३ साउन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठवन्धनको बैठकमा प्रमुख प्रतिपक्षदल नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्ष सहभागी भएका छन् ।

मन्त्रिपरिषद्को विषयमा निणर्य गर्न बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का ,कृष्णप्रसाद सिटौलामा,ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव , डा। बाबुराम भट्टराई , अशोक राई , जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी तथा नेपाल पक्षको तर्फबाट केन्द्रीय सदस्य विजय पौडेलको सहभागीता रहेको छ ।

गठवन्धनको सहयोगमा प्रधानमन्त्री बनेका देउवाले अब जसपासहित समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । यता, प्रचण्डले भने माधव नेपाल पक्ष पनि सरकारमा सहभागी हुने बताएका छन् । आजको बैठकमा नेपाल पक्षबाट सहभागिता हुनुलाई पनि चासोको रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर