उर्लाबारीमा ग्याङ फाइट : ७ जना घर भित्र पसेर अन्धाधुन्ध प्रहार गरे — OSNepal

उर्लाबारीमा ग्याङ फाइट : ७ जना घर भित्र पसेर अन्धाधुन्ध प्रहार गरे

LC (KTM) July 28, 2021 0

मोरङ : मोरङको उर्लाबारी नगरपालिका-८ राजघाटमा आज दिउँसो एक किशोरको हत्या भएको छ । मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार फुटबल खेल्दाको विवादलाई लिएर उर्लाबारी-८ का १७ वर्षे अभिशेक चौधरीको ह त्या गरिएको हो। दिउँसो तिर अभिशेकमाथि छ सात जनाको समूहमा रहेका युवाहरुले छुरा हानेका हुन् । छु रा प्रहारबाट अभिशेष गम्भीर घाइते भएका थिए ।

ढाड लगायत शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडमा रहेको बी एन्ड सी अस्पताल पुर्याउनासाथ
मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

अभिशेकसँगै रहेका २१ वर्षीय सुशन धामी पनि युवाहरुको समूहको आक्रमणमा परेर घाइते भएका छन् । उनको अवस्था मध्यम रहेकाले उनको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ। प्रत्यक्षदर्शी दाइले डराउदै बताए नालिबेली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर