'मायाक रंगहरु'को २ गीत रेकर्डिङ, मेचु र उर्गेनको संगीत — OSNepal

‘मायाक रंगहरु’को २ गीत रेकर्डिङ, मेचु र उर्गेनको संगीत

LC (KTM) January 28, 2024 0

छायांकनको तयारीमा रहेको फिल्म मायाका रंगहरुको २ गीत शुक्रबार रेकडिङ्ग गरिएका छन् । दुई मध्ये एक गीतमा गायिका मेचु धिमालको शब्द, संगीत तथा स्वर रहेको छ । यो गीतमा उनलाई गायनमा नोगेन हारुसारुम्बा लिम्बुले साथ दिएका छन् । भने, अर्को गीतमा उर्गेन दोङको शब्द, संगीत र स्वर छ । यो गीतको गायनमा उनलाई द भ्वाइस अफ नेपाल सिजन ५ की मोनिका राईले साथ दिएकी हुन् ।

फिल्ममा अभिनेता पल शाह र कुन्दन भारद्धाज, सुनिल थापा र बुद्धि तामाङ मुख्य भुमिका अनुबन्धित भैसकेका छन् । केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय फिल्मको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ । अहिलेसम्म फिल्ममा अभिनय गर्ने मुख्य अभिनेत्री टुङ्गो भने लागि सकेको छैन् ।

प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भारतको दार्जिलिङ, इलाम र काठमाडौंमा पनि गरिनेछ । पुनम तामाङ प्रस्तुतकर्ता रहको फिल्मको निर्माता आरबी थाङदेन हुन् । फिल्ममा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

फिल्मका सह-निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् । फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर