काठमाडौँ वल्र्ड स्कुल द्धारा भूकम्पबाट क्षति पुगेको रुकुम पश्चिमको विद्यालयलाई आर्थिक सहयोग — OSNepal

काठमाडौँ वल्र्ड स्कुल द्धारा भूकम्पबाट क्षति पुगेको रुकुम पश्चिमको विद्यालयलाई आर्थिक सहयोग

LC (KTM) January 28, 2024 0

त्रिवेणी (रुकुम पश्चिम), १४ माघ : भूकम्पबाट क्षति पुगेको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ ज्यामिरेकोटस्थित जनविकास माध्यमिक विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण गर्न आर्थिक सहयोग प्राप्त गएको छ । अस्थाथी सिकाइ केन्द्र निर्माण गर्न काठमाडौँ वल्र्ड स्कुलले रु एक लाख ६७ हजार सहयोग गरेको हो ।

काठमाडौँ वल्र्ड स्कुलका शिक्षक मुकुन्द महर्जनले उक्त रकम विद्यालयका प्रधानाध्यापक दीपकसङ्गम थापालाई हस्तान्तरण गर्नुभयो । काठमाडौँ वल्र्ड स्कुलमा अध्ययनरत विद्यार्थी, शिक्षक र अभिभावकबाट उक्त रकम सङ्कलन भएको उहाँले बताउनुभयो । सो रकमबाट सिकाइ केन्द्र निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिने बागेश्वरी असल शासन क्लब (बास) नेपाल रुकुम पश्चिमका जिल्ला अध्यक्ष करण विकले जानकारी दिनुभयो ।

गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट जनविकास माध्यमिक विद्यालयमा क्षति पुगेको थियो । यहाँ बालशिक्षादेखि कक्षा १० सम्म पठनपाठन भइरहेको छ । भूकम्पले तीन विद्यालयमा क्षति पु¥याएपछि अहिले सात अस्थायी सिकाइ केन्द्र निर्माण गरेर पठनपाठन भइरहेको प्रधानाध्यापक थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर