यही माघ २८ गते आइतबार साँझ दरबार मार्गको मन्नत प्यालेसमा भव्य प्रस्तुती दिँदै गायिका एलिना र गायक कर्मा — OSNepal

यही माघ २८ गते आइतबार साँझ दरबार मार्गको मन्नत प्यालेसमा भव्य प्रस्तुती दिँदै गायिका एलिना र गायक कर्मा

LC (KTM) February 08, 2024 0

काठमाडौँ । सुन्दरी गायिका एलिना चौहान दरबार मार्गमा गुञ्जिने भएकी छिन् । भ्यालेन्टाइन डेको अवसर पारेर एलिना यही माघ २८ गतेका दिन दरबार मार्गको मन्नत प्यालेसमा गुग्जिने भएकी हुन् । कार्यक्रममा गायिका चौहानले धोकेबाज, कट्टा हान्दिन्छु, कुरा काट्ने मान्छेले काटुन, मिनिरल वाटर, इस्टाको फोटो लगायतका गीतहरु गाउनेछिन् ।

गायिका एलिनासँगै गायक कर्म ग्याल्जेन र लाइभ व्याण्डको पनि प्रस्तुती रहनेछ । प्रणय दिवसको पूर्व सन्ध्यामा सदा झै नयाँ उमंग नयाँ ठाउँ प्रणय दिवसमा जाउँ भन्द्यै मन्नत प्यालेसले भव्य रुपमा सांगीतिक साँझको आयोजना गरेको हो ।

काय{क्रम माघ २८ गते साँझ ७ बजेदेखि राती साडे १ बजेसम्म संचालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा गायिका चौहानले धोकेबाज, कट्टा हान्दिन्छु, कुरा काट्ने मान्छेले काटुन, मिनिरल वाटर, इस्टाको फोटो लगायतका गीतहरु गाउनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर