व्यवस्था बदलिएसँगै सिंहदरबारको पर्खालभित्र हुने काम गाउँमा पुग्यो : मुख्यमन्त्री शर्मा — OSNepal

व्यवस्था बदलिएसँगै सिंहदरबारको पर्खालभित्र हुने काम गाउँमा पुग्यो : मुख्यमन्त्री शर्मा

LC (KTM) February 11, 2024 0

कर्णाली- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले व्यवस्था बदलिएसँगै सिंहदरबारको पर्खालभित्र हुने काम गाउँमा पुगेको बताउनुभएको छ ।मूलधार महिला सेवा केन्द्र (मासबेस उदयपुर)द्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘छैटौँ ऐतिहासिक बेटी सम्मेलन’लाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले केन्द्रले राष्ट्रियस्तरको बेटी सम्मेलन कर्णालीमा गर्नुले महिला आन्दोलनमा सहयोग पुग्ने बताउनुभयो ।

“हिजोको आन्दोलनमा महिलाहरूको भूमिका धेरै थियो”, उहाँले भन्नुभयो, “अब आम जनतामा जागरण गर्न पैदा गर्न आवश्यक छ जहाँ महिलाले पनि विभिन्न आन्दोलनको नेतृत्व गरिरहेका छन् ।”दशवर्षे सशस्त्र सङ्घर्ष र विसं २०६१–६२ को जनआन्दोलनपछि मुलुकमा ठूलो परिवर्तन आएको बताउँदै मुख्यमन्त्री शर्माले उत्पीडित जाति, वर्ग र धर्मका मान्छेले मुक्ति नपाउँदासम्म आन्दोलन जारी रहने यसका लागि आफूले पनि सक्दो सहयोग गर्ने जनाउनुभयो । सङ्घर्ष, त्याग र बलिदानभित्र सङ्घर्ष लुकेको जनाउँदै आर्थिक, सामाजिक, सांस्कृतिक परिवेशअनुसार परिवर्तन खोज्नुपर्ने र त्यसका लागि उत्पीडितहरू एक हुुनुपर्ने उहाँको भनाइ थियो ।

केन्द्रका अध्यक्ष नजबुल खानले नेपालका विभिन्न प्रदेश गरी पाँचौँँ र अहिले कर्णालीमा छैटौँ बेटी सम्मेलन गरिएको बताउनुभयो । बेटीहरूको सामाजिक, सांस्कृतिक अवस्थाबारे राज्यलाई सहजै बुझाउन र उनीहरूको अधिकार सुनिश्चित गराउन सम्मेलन थालिएको जनाउनुभयो । डा लक्ष्मी जोशीले बेटी सम्मेलनमार्फत अहिलेसम्म जकडिएको पितृसतात्मक सोचलाई चिर्नु आवश्यक रहेको टिप्पणी गर्नुभयो । बेटीहरूमा आएका समस्याको दीर्घकालीन सम्बोधन गर्न कार्यक्रम अभियानका रूपमा अगाडि बढाउन उहाँले सुझाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर