जितपुरसिमरामा बस दुर्घटना एक जनाको मृत्यु, चार गम्भीर घाइते — OSNepal

जितपुरसिमरामा बस दुर्घटना एक जनाको मृत्यु, चार गम्भीर घाइते

LC (KTM) March 06, 2024 0

बागमती- पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा– पथलैया सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

मंगलबार दिउँसो बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को ३ नम्बर पुल भन्ने स्थानमा दुर्घटना भएको हो । धनगढीबाट विराटनगरतर्फ गइरहेको बस पुल नजिक खोलामा खसेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाहरुको विस्तृत विवरण प्राप्त भएको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएकाहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर