सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार ? — OSNepal

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार ?

LC (KTM) March 15, 2024 0

काठमाडौँ, २ चैतः नेपाली बजारमा आज सुन मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २५ हजार चार सय कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार आठ सय थियो ।

त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २४ हजार आठ सय कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार दुई सय थियो । बिहीबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय १५ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर