डिजेल, पेट्रोलको मूल्य घट्यो, कुनको कति पुग्यो ? — OSNepal

डिजेल, पेट्रोलको मूल्य घट्यो, कुनको कति पुग्यो ?

LC (KTM) March 16, 2024 0

काठमाडौँ-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  पेट्रोलको मूल्यमा प्रतिलिटर रु एक र डिजेल÷मट्टिेलको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ ।

निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ तोकेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ५७ र तेस्रो वर्गका लागि रु एक सय ५८ कायम भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल रहेका छन् ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट   प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः रु १।२२ र रु २।०६ ले घटेर आएको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर