काठमाडौँबाट रसुवाको ठूलोस्याफ्रुसम्म जिप सञ्चालन, गोसाइँकुण्ड जाने तीर्थ यात्रु र पर्यटकलाई सहज — OSNepal

काठमाडौँबाट रसुवाको ठूलोस्याफ्रुसम्म जिप सञ्चालन, गोसाइँकुण्ड जाने तीर्थ यात्रु र पर्यटकलाई सहज

LC (KTM) March 21, 2024 0

रसुवा- काठमाडौबाट रसुवाको ठूलोस्याफ्रुसम्म जिप सञ्चालनमा आएको छ । जिप प्रत्येक दिन बिहान ७.३० बजे काठमाडौँबाट ठूलोस्याफ्रुका लागि छुट्ने र सोही समयमा ठूलो स्याफ्रुबाट काठमाडौँका लागि छुट्ने समय निर्धारण गरिएको मिनि गोसाइँकुण्ड यातायात समितिले जनाएको छ ।

यसबाट विशेष गरी गोसाइँकुण्ड जाने तीर्थ यात्रु एवं लाङ्टाङ जाने पर्यटकलाई थप सहज हुने समितिका सदस्य साधुराम खड्काले जानकारी दिनुभयो ।

भौगोलिक विकटताका कारण सदरमुकाम धुञ्चेबाट ठूलो भार्खु, ब्रबलहुँदै ठूलोस्याफ्रु पुग्न दिनभर लाग्ने गर्दथ्यो । स्थानीयवासी तेम्वा तामाङले मानिस बिरामी पर्दा उपचारका लागि जिल्ला अस्पताल लान, दैनिक उपभोग्य बस्तु ढुवानी गर्न लामो दूरीको यात्रा गर्न, पवित्र तीर्थ गोसाइँकुण्ड जानसमेत सहज भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर