वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक चेतन कार्कीको कोरोनाका कारण निधन — OSNepal

वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक चेतन कार्कीको कोरोनाका कारण निधन

LC (KTM) May 16, 2021 0

काठमाडौ । वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक चेतन कार्कीको निधन भएको छ । उनको कोरोनाका कारण ८३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । कार्कीलाइ एक साताअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको थियो । शनिबार सम्म उनको अवस्था राम्रै रहेपनि उनको आज बिहान १० बजे निधन भएको बताइएको छ ।

कार्कीले विश्वास, पहिलो प्रेम, मनको आँखा लगायत चलचित्रमा निर्देशन गरेका थिए । साथै उनले ‘तिजको लहर आयो बरिलै‘’, ‘कलिलो तामालाई सोधे रामालाई।।’ जस्ता लोकप्रिय गीत समेत रचना गरेका थिए । लेखक तथा साहित्यकार उनका श्रीमती र दुईजना छोरा रहेका छन् ।

साथै, उनले सय भन्दा बढी चलचित्रका कथा समेत लेखेका छन् । उनले चलचित्र ‘परिवर्तन’देखि चलचित्र लेखनको काम सुरु गरेका थिए ।निर्देशक तथा कलाकार निर शाहले नेपाली चलचित्रका एक जिउँदो इतिहासलाई गुमाउनु परेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर