राष्ट्रिय भलिबल : एपिएफ क्लब तेस्रो — OSNepal

राष्ट्रिय भलिबल : एपिएफ क्लब तेस्रो

LC (KTM) March 22, 2024 0

काठमाडौँ, ९ चैत : नेपाल एपिएफ क्लबले चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टोलीलाई पराजित गर्दै महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा डायमण्डलाई ३–१ सेटमा पराजित गर्दै एपिएफले तेस्रो स्थान हासिल गरेको हो । खेलमा एपिएफले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पा¥र्यो । त्यसैगरी खेलको दोस्रो सेट भने डायमण्डले २५–२३ ले जित्दै खेललाई एक–एक सेटको बराबरीमा ल्यायो ।

त्यसपछिको तेस्रो र चौथो सेट भने एपिएफले आफ्नो पक्षमा पार्न सफल भयो । एपिएफले तेस्रो सेट २५–१४ ले जित्यो भने चौथो सेट २५–२१ आफ्नो पक्षमा पा¥यो । उक्त प्रतियोगिताअन्र्गत महिलातर्फको उपाधिका लागि भने विभागीय नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल भोलि हुनेछ ।

नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताको पुरुष र महिलातर्फको विजेताले समान रु पाँच लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख २५ हजार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर