राष्ट्रिय भलिबल प्रतियोगिता: एभरेष्ट च्याम्पियन — OSNepal

राष्ट्रिय भलिबल प्रतियोगिता: एभरेष्ट च्याम्पियन

LC (KTM) March 24, 2024 0

काठमाडौँ- विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसीपअन्तर्गत महिलातर्फको खेलमा एभरेस्ट भलिबल क्लब च्याम्पियन बनेको छ । एभरेष्टको यो राष्ट्रिय प्रतियोगितामा यो पहिलो उपाधि हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनलमा एभरेस्टले नेपाल पुलिस क्लबमाथि ३–१ सेटको जित निकाल्दै उपाधि जितेको हो । यस उपाधिसँगै एभरेस्टले रु पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

उपविजेता बनेको पुलिसले रु दुई लाख पायो । यसैगरीमहिलातर्फ एपिएफले तेस्रो स्थान हासिल ग¥यो । तेस्रो भएको एपिएफले रु एक लाख २५ हजार प्राप्त ग¥यो । पहिलो सेट १९–२५ ले गुमाएको एभरेस्टले त्यसपछिका सवै सेट आफ्नो पक्षमा पा¥यो । एभरेष्टले दोस्रो सेट २५–२२, तेस्रो सेट २५–१८ र चौथो तथा अन्तिम सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो । यसअघि एभरेस्टले न्यू डायमन्ड स्पोर्टस क्लब र पुलिसले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

आजै भएको पुरुषतर्फको फाइनलमा हेल्प नेपाल स्पोर्टस क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–२ सेटको जित निकाल्दै उपाधिमाथि कब्जा जमायो । खेलको पहिलो सेट २०–२५ ले गुमाएको हेल्प नेपालले दोस्रो सेट सेट २७–२५ ले जित्यो त्यस्तै खेलको तेस्रो सेटमा हेल्प नेपाल २३–२५ ले पराजित भयो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको चौैथो सेटमा २९–२७ को जित निकाल्दै हेल्प नेपालले खेललाई पाँचौँ सेटसम्म पु¥याएको थियो । पाँचौँ सेटमा २२–२० को रोमाञ्चक जित निकाल्दै हेल्प नेपालले उपाधिमाथि कब्जा जमायो ।

यसअघि हेल्प नेपालले गण्डकी प्रदेश तथा आर्मीले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए । पुरुषतर्फको विजेता टोलीले पनि समान रु पाँच लाख नै पुरस्कार प्राप्त ग¥यो । त्यस्तै दोस्रो स्थान हासिल गरेको आर्मीले रु दुई लाख पायो । नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा महिलातर्फ सात र पुरुषतर्फ १३ टोलीको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर