प्रहरीसँगै घर पुगेका राज कुन्द्रा माथि यसरी आक्रोस बनिन् शिल्पा, भनिन् यस्तो काम गर्न के आवश्यकता थियो — OSNepal

प्रहरीसँगै घर पुगेका राज कुन्द्रा माथि यसरी आक्रोस बनिन् शिल्पा, भनिन् यस्तो काम गर्न के आवश्यकता थियो

LC (KTM) July 29, 2021 0

पोर्नाेग्राफी केसमा फसेका राज कुन्द्राका बिरुद्ध हरेक दिन नयाँ नयाँ प्रमाणहरु जुट्दै गईरहेको छ । उनी बिरुद्ध प्रमाण जुट्दै गएपछि प्रहरीले पनि बिभिन्न कोणबाट जाँच गरिरहेको छ । यसैबीच प्रहरीले राजलाई पक्राउ गरेपछि पहिलो पटक घर लिएर गएको थियो ।

त्यतिबेला आफ्नै पति राज संग बलिउड अभिनेत्री शिल्पा शेट्टी एकदमै आक्रोशित भएकी छिन् । प्रहरीले संगै लिएर घर पुगेको थियो त्यतिबेला शिल्पाले राज लाई कुटौला झै गरेर झम्टिएकी थिईन् । उनलाई देख्नासाथ शिल्पाले आफ्नो आक्रोश थाम्न सकिनन् ।

शिल्पाले राजलाई कुटौला झै गर्दै रिसाएर ‘यस्तो काम गर्नुको के आवश्यकता थियो ? भन्दै कराएकी थिइन् । उनी त्यतीमै रोकिईनन् उनले भनिन् “हाम्रो आवश्यकताका सबै कुरा हामीसँग थिए । तर पनि यो गर्नुको के अवाश्यकता परेको थियो ? उनले राजलाई सोधेकी थिइन् ।

अश्ली ल फिल्म बनाएको आरोपमा फसेका राजका बारेमा थप अनुषन्धान गर्न शुक्रबार राजलाई लिएर प्रहरी उनको घर तलासीका लागि पुगेको थियो । शिल्पाले राज संग अनेक सवाल गरेकी थिईन् । उनले राजको यस्तो हर्कतका कारण परिवारको इज्जत प्रतिष्ठा माटोमा मिलेको , उनीहरुको उद्योगको ‘इन्डोर्समेन्ट’हरु रद्द भएको र आफूले ‘प्रोजेक्ट’हरु छोड्नु परेको भन्दै आक्रोश पोखेकी थिईन् ।

राजको यस कार्यका कारण कुन्द्रा परिवारले धेरै आर्थिक क्षति व्यहोर्नु परेको भन्दै शिल्पा राजमाथि खनिएकी थिईन् । राज बिरुद्ध प्रमाण जुटिरहे पनि शिल्पाको यस कार्यमा संलग्नताका बिषयमा प्रहरीले अनुषन्धान गरिरहेको छ । राज लाई भने अदालतले पछिल्लो पटक थप १४ दिन न्यायिक हिरासतमा राखेर अनुषन्धान गर्न आदेश दिईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर