संविधानको सही कार्यान्वयन गरेर देशको भविष्य निर्माणमा लाग्न नेतालाई प्रथम राष्ट्रपति यादवको सुझाव — OSNepal

संविधानको सही कार्यान्वयन गरेर देशको भविष्य निर्माणमा लाग्न नेतालाई प्रथम राष्ट्रपति यादवको सुझाव

LC (KTM) March 30, 2024 0

त्रिशूली (नुवाकोट)-: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधानको सही कार्यान्वयन गरेर देशको उज्ज्वल भविष्य निर्माणमा लाग्न राजनीतिक दलका नेतालाई सुझाव दिनुभएको छ ।नुवाकोटको लिखु गाँउपालिका–४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई आज सम्बोधन गर्दै उहाँले अहिलेको संविधान उत्कृष्ट विशेषताले भरिपूर्ण भएको संबिधान भएकाले यसको सही कार्यान्वयन भए मुलुक समृद्धितर्फ लम्कने विश्वास व्यक्त गर्नुभयो ।

“विभिन्न राजनीतिक कालखण्डपछि अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक सिद्धान्तका विषयलाई संविधानमा नै प्रष्टसँग उल्लेख गरिएको छ ।” उहाँले भन्नुभयो, “जनताको आशीर्वाद लिएर दलका प्रतिनिधिले समय अनुकूल सही व्यवस्थापन गर्दै मुलुकलाई समृद्ध बनाउनुपर्ने जिम्मेवारी आएको छ ।”

उहाँले मुलुकको विकासको लागि शिक्षा र कृषिमा सुधारको परिवर्तन आवश्यक रहेको आँैल्याउनुभयो । नुवाकोटको भूमि तराईको फाँट सरह रहेको भन्दै यहाँको भूमिमा कृषि खेती गरेर यहीँ रमाउने लक्ष्य लिन विद्यार्थी र युवा वर्गलाई पूर्वराष्ट्रपति यादवले अनुरोध गर्नुभयो ।

“म किसान परिवारमा हुर्किएर देशको राष्ट्रप्रमुख भए पनि हरियाली फाँट देख्दा आनन्दित भएको छु । अहिलेका विद्यार्थीलाई भविष्यमा यहीँको भूमिमा कृषि कर्ममा देख्न पाएमा अझै आनन्दित हुनेछु ।” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर