दैलेखको तल्लो डुङ्गेश्वरदेखि पालेतडासम्मको सडकखण्ड जीर्ण — OSNepal

दैलेखको तल्लो डुङ्गेश्वरदेखि पालेतडासम्मको सडकखण्ड जीर्ण

LC (KTM) March 30, 2024 0

काँक्रेविहार (सुर्खेत), १७ चैत : कर्णाली राजमार्गअन्तर्गत दैलेखको तल्लो डुङ्गेश्वरदेखि पालेतडासम्मको सडकखण्ड जीर्ण भएको छ । नियमित रूपमा सवारी साधन सञ्चालन हुने जीर्ण सडकमा दुर्घटनाको जोखिम बढेको छ ।

यो सडकमा दैनिक गाडी चलाउँदै आउनुभएका रमेश शाही सडकका खाल्डा तत्काल पुर्नुपर्नेमा जोड दिँदै अविलम्ब मर्मतसम्भारका निम्ति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउनुहुन्छ । बाङ्गेसिमलदेखि दहीखोलाको बीच भाग डुङ्गेश्वर–पालेतडासम्मको झण्डै ३० किलोमिटर सडक तत्काल मर्मत गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

जीर्ण सडक मर्मतबारे रासस प्रतिनिधिको जिज्ञासामा सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर टोप नारायण पौडेलले अनुसार उक्त खण्डको लागि चालु आर्थिक वर्षमा उक्त सडकको स्तरोन्नति गर्न बजेट नभएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर